×

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले दाहालको विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

अहिले काँग्रेस-एमालेको नयाँ गठबन्धनमा सामेल हुने/नहुने विषयमा भने कुनै निर्णय नगरेको उनले बताए । उनले नयाँ सरकार गठन भइसकेपछि र संविधान संशोधनमा विषयमा स्पष्ट धारणा आएपछि पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय गर्ने बताए ।

उनले सरकारको नेतृत्व पटक-पटक परिवर्तन हुँदा दलहरूले जनताको अवस्थामा बारेमा ध्यान दिन जरुरी रहेको जिकिर गरे ।

Back to top