×

वीरगञ्ज । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । 

बिहीबार बसेको पार्टीको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले २८ असार (भोलि) प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । 

‘हाम्रो प्राथमिकता मधेस सरकार हो । मधेसमा काँग्रेस र एमालेले हामीलाई समर्थन गरेका छन् । त्यसैले हामीले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेका हौँ,’ उनले भने ।

प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन् ।

Back to top