×

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्धले समस्या समाधान नगर्ने बताएका छन्। रुसमा रहेका भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई वार्तामार्फत शान्तिको मार्ग खोज्न सुझाव दिए। 

‘एक मित्रका रूपमा हाम्रो आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि शान्ति अत्यन्त महत्त्वपूर्ण छ भनी मैले भनेको छु’, पुटिनलाई उनले भने। ‘जब बालबालिकाहरूको हत्या हुन्छ,त्यो पीडा असह्य हुन्छ।’

रुसले युक्रेनका शहरलक्षित तीन दर्जनभन्दा बढी मानिसको ज्यान लिएको र किएभको बाल अस्पताललाई ठूलो क्षति पुर् याएको केही घण्टापछि मोदी सोमबार मस्को पुगेका हुन्।

‘मलाई थाहा छ, युद्धले समस्याको समाधान गर्न सक्दैन, समाधान र शान्ति वार्ता बम, बन्दुक र गोलीमा सफल हुन सक्दैन’, उनले भने, ‘वार्तामार्फत शान्तिको मार्ग खोज्न आवश्यक छ।’

रुस भारतका लागि कम मूल्यमा तेल र हतियारहरूको प्रमुख आपूर्तिकर्ता हो तर पश्चिमबाट मस्कोको एक्लोपन र बेइजिङसँगको बढ्दो मित्रताले नयाँदिल्लीसँगको उसको साझेदारीलाई असर गरेको छ।

हालैका वर्षहरूमा पश्चिमी शक्तिहरूले पनि चीन र एसिया–प्रशान्तमा उनीहरूको बढ्दो प्रभावका रूपमा भारतलाई रुसबाट टाढा रहन दबाब दिँदै भारतसँग सम्बन्ध विकास गरेका छन्।

Back to top