×

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट सात लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएका टोलीले तप्न दाख ३० हजार २७० रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाहा चोकमा चेकजाँचको क्रममा भन्सार छलीका किराना सामान, अमूल चिज तथा सामान्य औषधी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । 

सीमा सुरक्षा गुल्म वीरगञ्जकै टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनरुवा बासघारीबाट दुई लाख २७ हजार ५ सय रुपैयाँ बराबरको १२५ थान साडी र आठ थान कम्प्युटर सीपियू बरामद गरेको छ । 

त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एक लाख ८ हजार बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा १०८ थान कुर्ता सुरुवाल लगायतका सामान बरामद गरिएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाहा चोकबाटै ८१ ह्जार १२० रुपैयाँ बराबरको किराना र कस्मेटिक सामान बरामद भएको पनि सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । उनकाअनुसार बरामद गरिएको जम्मा सात लाख ४६ हजार ८९० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ । 


 

Back to top