×

वीरगञ्ज । वीरगञ्जबाट १० लाख बराबरको भारतीय मल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज  महानगरपालिका वडा नम्बर १६ बैष्णोदेवी मन्दिर अगाडी बस्ने बृजकिशोर महतोको घरमा कोठा भाडामा लिई भण्डारण गरिएको अवस्थामा ५० किलोग्रामको ७१२ बोरा भारतीय मल बरामद भएको हो । 

कोठा भाडामा लिएर बस्ने नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ९ बस्ने ६२ वर्षीय ज्ञान बहादुर महतोले भारतबाट भन्सार छली चोरी पैठारी गरी अनधिकृत रुपमा भण्डारण गरेको अवस्थामा मल भेटिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । 

मलसहित ज्ञान बहादुर महतोलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको भारतीले बताए । 
 

Back to top