×

वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताले घरेलु मदिरा नियन्त्रणमा लिएको छ । वीरगञ्जको रेल्वे सडकबाट चेकजाँचको क्रममा घरेलु मदिरा बरामद भएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ रेल्वेरोडमा चेकजाँचको क्रममा तीन हजार लिटर घरेलु मदिरा बरामद भएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

उनकाअनुसार मिनि ट्रक गल्लीमा छिर्दै गर्दा शंका लागेर चेकजाँच गरिएको हो । चेकजाँच गर्दा तीन हजार लिटर घरेलु मदिरा बरामद भएको प्रहरी निरीक्षक बोगटीले बताए । उनकाअनुसार मिनि ट्रकका चालकलाई सामान्य सोधपुछ गरेर सम्झाईबुझाई छाडिएको छ ।

बरामद मदिरा भने प्रहरी, स्थानीय र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए । 
 

Back to top