×

वीरगञ्ज । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष सन्दिप अग्रवालको अध्यक्षतामा शुक्रवार वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभाको उद्घाटन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवा उद्यमी मञ्च वीरगञ्जले युवालाई उद्यमशीलतामा प्रोत्साहन गरेको बताए । मञ्चले गरेका कामको सह्राना गर्दै उनले युवाहरु व्यवसायतर्फ प्रेरित भइरहेकोमा खुशी व्यक्त गरे । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, पूर्व अध्यक्ष डा. सुवोध कुमार गुप्ता, बरिष्ठ उद्योगी अशोक वैद्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रममा एनवाईईएफ वीरगञ्जका पूर्व अध्यक्षहरु अनुप अग्रवाल, राकेश साह लगायत मञ्चका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरु पनि उपस्थित थिए । साधारण सभाले वीरगञ्ज च्याप्टरको नयाँ नेतृत्व पनि चयन गरेको छ । 

पंकज अग्रवालको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन भएको हो । प्रथम उपाध्यक्षमा विश्वास प्रताप साह, द्वितिय उपाध्यक्षमा चन्दन सिंह, कार्यसमिति सदस्यहरुमा मोहित गुप्ता, सुरज रुंगटा, आशु सर्राफ, हिमान्शु वर्णवाल, हितेश जोशी, राधा हमाल, निखिल गुप्ता, मनिष सिष्का र ऋषि साह रहेका छन् । 

सल्लाहकार समितिमा पूर्व अध्यक्ष राकेश साह, अनुप अग्रवाल, अर्विन्द बहादुर अमात्य, राहुल अग्रवाल, आशिष कुमार लाठ र बिकास ठाकुर रहेका छन् । कार्यक्रमको सहजीकरण पत्रकार निलिमा पौडेलले गरेकी थिइन् । 

Back to top