×

वीरगञ्ज । विश्व योग दिवसको अवसरमा नेशनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा १० महिलासहित ८१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

कलेजका प्रबन्ध निर्देशक एवम् प्रिन्सिपल मनिष सिंहले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कलेजका लेखा निर्देशक काजल सिंह, युवा नेता सुधीर पटेल, युवा नेता महमद निजाम लगायतको पनि कार्यक्रममा उपस्थिति थियो। 

यस रक्तदान कार्यक्रमलाई सफल बनाउने उद्देश्यले विभिन्न व्यक्तिहरूले सक्रिय रूपमा भाग लिएका थिए । रामकिशोर (आरके) शर्मा, सुधीर पटेल, श्याम राम, मुकेश यादव, बिकेश कुमार यादव, मुस्कान श्रेष्ठ, अस्मिता चौधरी, अंकिता यादव, कोशिकुमारी, प्रीति कुमारी, साक्षि गुप्ता, तानिया खातुन, रितिका शाह, मुक्ती नेपाल, सीता जैसवाल, रितु कर्ण, महमद अब्दुल वहिद, यवुराज पाण्डे, नाजिर हुसेन, राहुल पासवान, हैदर अली लगायतले रक्तदान गरेका थिए ।

कार्यक्रममा सहभागी भएका सबै रक्तदाताहरुलाई कलेजका प्रबन्ध निर्देशक मनिष सिंह र लेखा निर्देशक काजल सिंहले प्रमाण पत्र प्रदान गरे । वीरगञ्जमा बढ्दै गएको रगतको मागलाई परिपूर्ति गर्न तथा समाजमा रक्तदानको महत्वबारे जनचेतना फैलाउन यो कार्यक्रम आयोजना गरिएको कलेजका प्रबन्ध निर्देशक सिंहले बताए । 

रक्तदान कार्यक्रमको आयोजनाबाट कलेजले समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको सिंहको भनाई छ । लेखा निर्देशक काजल सिंहका अनुसार, “रक्तदान जीवनदान हो । यो कार्यक्रमले धेरै मानिसको जीवन बचाउन सहयोग पु¥याउनेछ । रक्तदानले समाजमा भाइचारा र सहयोगको भावना फैलाउँछ । हामीले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्नुपर्छ । रक्तदानले कुनै पनि धार्मिक, जातीय वा भाषिक सीमाहरूलाई पार गरेर मानवीयताको उदाहरण प्रस्तुत गर्छ ।”

कलेजका विद्यार्थी तथा शिक्षकहरू पनि कार्यक्रममा सहभागी थिए । यो कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना बढाएको युना नेता महम्मद निजामले बताए । 
 

Back to top