×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको प्राङगनमा ुलागु औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको सप्ताहव्यापी सम्बन्धी अन्तरक्रिया कार्यक्रमु बजारका सहायक कमाण्डमा सचिब कुल नारायण प्रधानको उपस्थितिमा संचालन भएको छ।

यस अवसरमा व्यावसायिक, स्थानीय नागरिक, समाजसेवीहरू सहित महिला १० जना, पुरुष २५ जना र प्रहरी कर्मचारी ३ जना पार्टिसिपेसनमा थिए।

यो कार्यक्रमको मुख्य उद्देश्य औषध दुरुपयोग र अबैध ओसार पसार विरुद्धको जागरूकता बढाउनु रहेको थियो। प्रहरी हवलदार सुभाष प्रसाद यादवले यस अवसरमा सभागीता गर्दै उक्त अन्तराष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रमको सफलताका लागि समर्थन जनाए।

यस अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्रका बरिष्ठ सल्लाहकार पुरुषोत्तम दुवाले यस अवसरमा उपस्थिति जनाएका थिए।
 

Back to top