×

वीरगञ्ज । अखिल नेपाल यातायात मजदुर संघको प्रथम पर्सा जिल्ला भेला सम्पन्न भएको छ। सो भेलामा नैमुदिन मन्सुरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ।

भेलामा प्रमुख अतिथिको रुपमा पार्टी केन्द्रिय सदस्य क. रामबाबु बैठाले कार्यक्रमलाई सम्बोधन गर्नुभयो। विशिष्ट अतिथिको रुपमा पार्टी नेता क. बलिराम साह र अतिथिहरुमा क. अर्जुन चिमौरिया, क. बेनी तिमिल्सिना तथा पुर्व जिल्ला संयोजक क. पिन्टु रौनियारले पनि आफ्नो विचार प्रस्तुत गर्नुभयो।

नयाँ समिति गठनपछि अध्यक्ष नैमुदिन मन्सुरीले सम्पूर्ण उपस्थित मजदुरहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा यातायात मजदुरहरुको हक अधिकारका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भेलामा विभिन्न मुद्दाहरुमा गम्भीर छलफल भएको र यातायात मजदुरहरुको हितका लागि ठोस कदम चाल्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो।

यो भेलाले पर्सा जिल्लामा यातायात मजदुरहरुको आन्दोलनलाई थप सशक्त बनाउने विश्वास लिएको छ।


 

Back to top