×

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले जुन २३ मा प्रेमी एवं अभिनेता जहीर इकबालसँग विवाह गर्दैछिन् ।

सोही दिन साँझ मुम्बईको दादरस्थित बास्टन रेस्टुरेन्टमा रिसेप्शन पार्टी हुनेछ ।

भारतीय सञ्चारमाध्यमका अुनसार विवाहको पहिलो निमन्त्रणा सलमान खानलाई पठाइएको छ । जहीर र सलमान धेरै नजिकका साथी हुन् ।

सोनाक्षी र जहीर ७ वर्षदेखि प्रेममा छन् । दुवैको पहिलो भेट सलमानको पार्टीमा भएको थियो । केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा बसेका थिए ।

Back to top