×

मदिरा घोटाला प्रकरणमा जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले जमानत दिएको छ। 

ईडी भनिने भारतको पर्वतन निर्देशनालयले नियन्त्रणमा लिएर तिहाड जेल पठाइएको थियो। यसअघि उनी अदालतकै आदेशअनुसार निर्वाचनको प्रचारप्रसारका लागि रिहा भएपनि पुनः जेल गएका थिए। दिल्लीको राउज एभेन्यु अदालतले केजरीवाललाई एक लाख धरौटीमा जमानत दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

केजरीवाल आजै जेलबाट रिहा हुने सम्भावना रहेको छ। केजरीवाललाई मदिरासम्बन्धी नीति बनाउन एक अर्ब भारतीय रुपैयाँ घुस मागेको आरोप ईडीले लगाएको थियो। 

केजरीवालले उक्त घुस बापतको रकम गोवामा चुनाव प्रचारका लागि खर्च गर्न लागेकोसमेत ईडीको आरोप थियो। तर, उनको सुनुवाईमा अदालतले स्पष्ट प्रमाणहरु नपाइएको भन्दै धरौटीमा रिहा गरेको हो। 

Back to top