×

रियालिटी शो ‘बिग बोस १५’बाट नजिकिएका अभिनेत्री तेजस्वी प्रकाश र अभिनेता करण कुन्द्रा टेलिभिजन उद्योगमा रुचाइएका जोडीमा पर्छन् ।

समय समयमा उनीहरूको ब्रेकअप भएको खबर आइरहन्छ । त्यसलाई उनका फ्यानहरूले खासै गम्भीर रूपमा लिँदैनन् । तर यसपटक भने उनीहरूको ब्रेकअपको खबरले निकै चर्चा पाएको छ ।

हालैमात्र करणको ट्वीटरमा एक भिडियो पोस्ट भएको छ । जहाँ तेजस्वी र करणको ब्रेकअप हुने कारण बताइएको छ । ‘प्रोडक्सन हाउसको निकट एक कर्मचारीका अनुसार तेजस्वी र करणबिच निकै तनाव छ । 

उनीहरूबिच ब्रेकअप हुने धेरै कारण छन् । करण र तेजस्वीको व्यक्तित्वमा धेरै समस्या छ । उनीहरू एकअर्काप्रति असुरक्षित महसुस गरिरहेका छन् । करण महिला साथीहरूसँग नजिकिएको तेजस्वी मन पराउँदिनन् । दुवैको फ्यान फलोइङ धेरै छन् । 

त्यसकारण उनीहरू आफूहरूको ब्रेकअपको बारेमा केही बताउन चाहिरहेका छैनन् । उनीहरू आफूहरू ट्रोलिङमा नपर्न र कैयौँ व्यावसायिक सम्झौता नटुटोस् भनेर ब्रेकअपको खबर लुकाइरहेका छन्’, भिडियोको क्याप्सनमा लेखिएको छ ।

करण र तेजस्वीको ब्रेकअपको खबर सार्वजनिक भएपछि फ्यानहरूले आ–आफ्नो प्रतिक्रिया दिइरहेका छन् । ‘यो चिनियाँ माल जस्तै हो, चल्नै सक्दैन’, एक प्रयोगकर्ताले लेखेका छन् । अर्काले तेजस्वीले करण भन्दा अझ राम्रो प्रेमी पाउने लेखेका छन् ।

Back to top