×

वीरगञ्ज । पर्सा, राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा पर्सा जिल्लामा  चियापान कार्यक्रमको आयोजना गरिने भएको छ। उक्त कार्यक्रम मिति २०८१ असार ७ गते शुक्रबारका दिन बिहान ८ बजे क्लासिक ब्यांकवेट सभाहलमा सम्पन्न हुनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा द्वारा आयोजित उक्त कार्यक्रममा  राष्ट्रिय स्वतन्त्र  पार्टी मा आबद्ध एबम  शुभचिन्तक, सदस्य र  अन्य दलका स्थानीय नेता हरु र उद्योगि ब्यबसायिहरुको  समेत को उपस्तिथि रहने राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्तले बताए ।

पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी, पर्सा द्वारा आयोजित यस विशेष चियापान कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनुहुन अनुरोध समेत गरेका छन ।

Back to top