×

नेपालमा गैर हिन्दुहरूले आफ्नो धर्म विशेषको राष्ट्र बनाउने धेरै नै प्रयास गरिरहेका छन र उनीहरुको यो मिसन ढिलो चाँडो सफल हुने सम्भावना प्रबल छ।नेपाल लाई सिध्याउने खेल क्रमशः चलिरहेको छ ।

हामी यसलाई गम्भीरतापूर्वक लिनुपदर्छ । धर्म निरपेक्षको नाममा एक दिन नेपाल गैर हिन्दुहरूको बर्चस्व राष्ट्र बन्ने निश्चित देखिन्छ। हाम्रो राष्ट्रिय स्वाधीनता र अखण्डता लाई नष्ट पार्न विभिन्न अन्तर्राष्ट्रिय शक्ति सक्रिय रहेको यथार्थ सजिलै हेर्न र बुझ्न सकिन्छ ।

देशमा विधमान रहेका संघसंगठन र राजनीतिक दल जसले धार्मिक सांस्कृतिक पहिचानको कुरा गर्छन ती सबैको अस्तित्व नै समाप्त पर्ने गरि मिशिनरी शक्ति कम्मर कस्सिएर लागिपरेको छ। यसलाई समय रहित नियन्त्रण गरिएन भने भविष्यमा नेपालमा न कांग्रेस हुन्छ , न एमाले हुन्छ, न माओवादी हुन्छ, न मधेसीवादी हुन्छ न कुनै अरु राजनीतिक दल नै हुन्छ ।

मुलुकको सिङ्गो राजनीति प्रणाली लाई ध्वस्त पारी गैर हिन्दु शक्तिले धर्म निरपेक्षताको नाउँमा देशलाई नै बन्धक बनाउने ठुलो षड्यन्त्र चलिरहेको छ । कुनै राष्ट्रको उदय हुन दशकौं लाग्छ, तर त्यसको विनाश हुन भने समय लाग्दैन। यदि हामीले आफ्नो राष्ट्र हितमा कानुन निर्माण गरेनौ भने मिसिनरी शक्तिले हस्तक्षेप गरी हाम्रो देश आफ्नो कब्जामा लिनेछन् ।

हाम्रो नेपालमा नागरिकता संशोधनको आवश्यकता किन र कसको लागि गरिएको हो ? नागरिकता संशोधन गर्नुको सट्टा PR (Permanent Residence) को व्यवस्था हाम्रो संविधानमा किन राख्न सकिएन..? आखिर संविधानमा यो व्यवस्था हुन नदिन कसले छेकेको र रोकेको छ त..? आज अमेरिका , क्यानडा , बेलायत ,अस्ट्रेलिया र युरोपियन युनियन लगायत सबै राष्ट्रमा PR व्यवस्था छ। यी राष्ट्रहरु मा PR पाइसकेको केही वर्ष पछाडि मात्रै नागरिकता को प्रावधान छ ।

तर खाडी मुलुकहरु जस्तै कतार, दुबई, साउदि अरेबिया, ओमान र बहराइन लगायतका विभिन्न मुस्लिम राष्ट्रहरूमा सिटिजनको कुरै नगरौँ PR समेत पाउँदैन तर हाम्रो देशमा सिटिजनसिप अर्थात नागरिकता जन्मसिद्धको आधारमा मज्जाले पाइन्छ ।

६२/६३ को जन आन्दोलन पश्चात व्यापक रूपमा नेपाली नागरिकता बाडिएको तथ्य सर्वविदितै छ। जति लाई नागरिकता दिइयो के साँच्चिकै ती सबै नेपाली नागरिक नै हुन त..? यो अत्यन्तै गम्भीर विषय र प्रश्न हो।

नेपालको नागरिकता लिनु भनेको नेपालको भविष्यलाई तय गर्न प्रत्येक पाँच वर्षमा हुने चुनावमा आफ्नो अमुल्य मतदान गरी उपयुक्त पार्टी र व्यक्तिको हातमा देशलाई हस्तान्तरण गर्नु हो। यदि नागरिकता गैर नेपालीहरू हातमा गएको छ भने निकट भविष्यमा यो देशको दिशा तय गर्न निर्देशन कसको हातमा जान्छ भन्ने यकिन गर्न निकै गार्‍हो छ।

आमाको नामबाट नागरिकता कतिको उचित छ त..? मैले हाम्रो दिदीबहिनी तथा आमाहरुलाइ नराम्रो भनेको होइन। आमाको नामबाट नागरिकता को चरम दुरुपयोग हुन सक्छ मात्रै भन्न खोजेको हुँ। नेपाल जस्तो देशमा जसको जनसङ्ख्या ३ करोडको हाराहारीमा छ र कुल जनसंख्या मध्ये ८१ % हिन्दू बाहुल छ तरपनी देशलाई धर्म निरपेक्ष बनाइयो। नेपालमा बालबालिकाको जन्मदर प्रति दिन १००० को हाराहारीमा छ। जसमध्ये करिब २०० जना अन्य धर्मका बालबालिका रहेका छन् । यसको मतलब कुल जनसंख्याको करिब २०% हो। यो दरले सन् २०९५ सम्ममा गैर हिन्दुहरू बहुसंख्यक हुनेछन् । 

नेपालमा कुनै पनि धर्म विशेषको आयोग को स्थापना गर्नुको औचित्य नै छैन तर पनि हाम्रो देशमा मुस्लिम आयोग को स्थापना गरियो । यो अत्यन्तै गम्भीर विषय हो। यदि राज्यको निति यस्तै रहयो भने नेपाललाई मुस्लिम अथवा क्रिस्चियन राष्ट्र बन्नबाट कसैले रोक्न सक्दैन र नेपाल तत्कालै द्वन्द को आगोमा जल्नेछ। आजको तथ्याङ्क अनुसार, अन्य धर्मको जनसंख्या लगभग १९% छन्, तर वास्तवमा तिनीहरू २५% भन्दा बढी छन्।

जनसंख्याको सरकारी तथ्याङ्कहरू गलत छन् किनभने गैर हिन्दु जानाजानी वास्तविक संख्या लुकाउँछन्। हिन्दूहरूलाई अनभिज्ञ राख्नको लागि यो बढ्दो जनसंख्यालाई आफ्नो हतियारको रूपमा रेकर्ड गर्दैनन्। धर्मनिरपेक्षताको नाममा नेपालमा ठुलो ठगी चलिरहेको छ तर अभागी हिन्दुहरु अझै गहिरो निद्रामा छन्। अहिले हिन्दू बहुसंख्यक भएपनि नेपाल धर्मनिरपेक्ष राष्ट्र छ।

उदाहरण स्वरूप सन १९४७ मा भारत र पाकिस्तानको बटवारा हुँदा पाकिस्तानमा हिन्दुहरूको जनसङ्ख्या त्यसबेला २३% थियो तर आज पाकिस्तानमा हिन्दूहरूको जनसङ्ख्या केवल १% मात्रै छ। बंगलादेशमा सन् १९४७ मा ३० प्रतिशतको तुलनामा रहेको हिन्दू जनसङ्ख्या आज ९ प्रतिशतमा रहेको छ। यो तथ्याङ्कहरु को उदाहरण बाट पनि हामी केहि बुझ्न सक्दैनौ भने हामी कतिको बुद्धिमानी छौ त..? प्रश्न अत्यन्त गम्भीर छ ।

यदि हिन्दू कहिल्यै बोल्दैनन र मौन बस्छन भने उनिहरुको भविष्य निश्चितरूपमा डुब्छ। आज हामीलाई इन्डियन हिन्दु ,नेपाली हिन्दु ,मोरिसेस हिन्दू र फिजी हिन्दू भनेर विभिन्न नाममा बाडिएको छ। आज तराईका हरेक जिल्लामा हेर्नुस् एक नम्बरमा गैर हिन्दु कै जनसङ्ख्या बढ्दो क्रममा छ ।

२०७८ को जनगणना तपाईँहरूले हेर्न सक्नुहुन्छ । हिमाल र पहाडमा कुनै एउटा धर्म विशेषको जनसङ्ख्या बढ्दै छ भने तराईमा पनि गैर हिन्दु कै जनसंख्या बढदो क्रममा छ। झन तराईमा त केहि गैर हिन्दु बहुल क्षेत्रहरूलाई विचार गर्नुहोस् कुनै पनि हिन्दू हरूको पर्व आयो भने त्यहाँ उनिहरुले हिन्दुमाथी अत्याचार गर्न सुरु गर्छन् ।

त्यो अत्याचार होइन त्यो हिन्दूहरूको तागतको मापन हो। गैर हिन्दुहरु हिन्दू बाहुल क्षेत्रमा आफूलाई सुरक्षित महसुस गर्छन् तर एउटा हिन्दूले गैर हिन्दु बाहुल क्षेत्रमा आफूलाई मरेजस्तो महसुस गर्छ। रौतहटको क्षेत्र नम्बर २ घिउडा भन्ने गाउँको उदाहरण म दिन चाहन्छु। २०८० साल त्यस गाउँमा सरस्वती पूजा हुँदा सरस्वती माताको मूर्ति विसर्जन गर्न गैर हिन्दुहरुले आफ्नो घरको अगाडिबाट जान दिएनन्।

लन्डन, स्वीडेन, फ्रान्स र नर्वे जस्ता देशहरूमा हिंसा दैनिक रूपमा हुन्छ। गैर हिन्दु बाहुल्यताको आगमनसँगै यी धर्मनिरपेक्ष राष्ट्रहरू आतंकित बनेका छन। के तपाईंले कहिल्यै सोच्नुभएको छ किन यस्तो भइरहेको छ ? कसले गर्छ र यसको उद्देश्य के हो ?? जनतामा भय र त्रासको वातावरण पैदा गरि मुलुक लाई अशान्त, आतंकित र द्वन्द तर्फ घकेल्ने रणनीतिको हिस्सा हो।

त्यसैले आँखा र मुख बन्द गर्नु प्रभावकारी हुँदैन। अब आँखा खोल्ने, मुख खोल्ने र जनतामा चेतना फैलाउने बेला आएको छ। समय थोरै छ, त्यसैले यस प्रति राम्ररी सोच्न र विचार गर्न अत्यावश्यक छ। विजय प्रकाश निषाद वरिष्ठ उपाध्यक्ष, नेपाल विश्व हिन्दु महासंघ

Back to top