×

वीरगञ्ज । पर्साको अमरपट्टी प्रहरी चौकीमा तस्करीको लाइन खोलाउन गएका सीमावर्ती भारतीय बजार रक्सौल निवासी मुख्तार अलीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको छ ।

प्रहरी उपरिक्षक कुमोध ढुंगेलका अनुसार प्रहरीलाई बदनाम गराउँदै हिँडेका रक्सौल निवासी मुख्तारलाई अमरपट्टीबाट प्रहरीले पक्राउ गरिएको हो ।


स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा लामो समयदेखि अवैध कारोबारमा संलग्न रहेका मुख्तार पछिल्लो समय जिल्लाको एसपी र क्राइम टोलीसँग ‘सेटिङ’ भइसकेको भन्दै अवैध कारोबारमा संलग्नहरुसँग पैसा असुल्दै आएका थिए ।

‘कपडा र किराना सामानको तस्करी गर्ने मुख्तारले माथि सेटिङ भइसकेको भन्दै नाकामा खटिएका प्रहरी चौकी इन्चार्जलाई तस्करीको लाइन खोल्न प्रलोभन समेत दिएका थिए प्रहरी उपरिक्षक कुमोध ढुंगेलले बताए ।

स्रोतका अनुसार  वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित श्री दुर्गा क्यारियर ट्रान्सपोर्टका संचालक मदन गुप्ताको तस्करीको लाईनका खोलाउन मुख्तार गएका थिए ।

Back to top