वीरगञ्ज, ३ मंसिर मधेसी गठबन्धनबाट पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आइतबार पर्साका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन् । प्रतिनिधिसभाका उम्मेदवार हरिनारायण रौनियार, प्रदेशसभातर्फ क का उम्मेदवार मन्जुर आलम, नेताहरु भूपदेव चौधरी, सलिम अन्सारी, अजय गुप्तालगायतका सयौं नेता तथा कार्यकर्ताहरुको सहभागितामा सखुवाप्रसौनी र पटेरवा सुगौलीमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा गठबन्धनका उम्मेदवार रौनियारले यो चुनामा मधेसी गठबन्धनको जीतले नै मधेसलाई अधिकार सम्पन्न बनाएर विकासमा अघि बढाउने बताए । उनले मधेसीलाई अधिकार सम्पन्न बनाएर समतामूलक विकासका लागि आफूले उम्मेदवारी दिएको समेत स्पष्ट पारे ।
सहभागीहरुले मधेसमा मधेसवादीको जीत निश्चित भइसकेको दाबी गरेका थिए । कार्यक्रममा नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको गठबन्धनका नेताहरुले बताएका छन् ।