×

जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । धेरैको जिज्ञासा हुन्छ- जाडोको समयमा मर्निङवाक गर्दा राम्रो वा इभिनिङ वाक गर्दा? जाडोको समयमा मुटुलाई कसरी स्वच्छ राख्ने भन्ने जिज्ञासा पनि साझा नै हो । जाडोमा स्वच्छ व्यक्ति  तथा मुटु रोगीहरुले के गर्ने वा के नगर्ने? भन्नेबारे छोटो जानकारी दिन चाहन्छु । जाडोमा मेडिकल तथा सामान्य रुपमा सचेत हुँदा विभिन्न प्रकारका असमायिक दुर्घटनाबाट जोगिन सकिन्छ ।

मुटु बचाउन चिसोबाट बच्नु पहिलो र महत्त्वपूर्ण उपाय हो । सबै व्यक्तिले चिसोबाट बच्नुपर्छ । बिहानै अति चिसोमा गरिने हिँडडुल कम गर्ने वा बन्दै गर्नुपर्छ । चिसो समयमा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोललाई राम्रा अवस्थामा राख्नुपर्छ ।

निम्न कुराहरु सवैका लागि उत्तिकै जरुरी छन् । ५० वर्ष भन्दा माथि उमेर समूहका रक्तचाप,  मधुमेह, कोलेस्ट्रोरेल लगायतका समस्या भएका बिरामीहरुका बढी उपयोगी हुन सक्छन् ।

के गर्ने ?

जाडोको समयमा रक्तचाप, मधुमेह, कोलेस्ट्रोरेलको नियमित परीक्षण गर्ने ।
जाडोमा शरीरमा रगत बाक्लो हुने भएकोले त्यसलाई ठीक अवस्थामा ल्याउनका लागि पर्याप्त मात्रामा पानी पिउनुपर्छ । 
सक्रिय रहने ।
मधुमेह, रक्तचाप, कोलेस्ट्रोरेल लगायतका बिरामीले नियमित रुपमा औषधि सेवन गर्ने ।
जाडोमा फोक्सो, मुटु लगायत शरीरका अन्य अंगहरुमा दबाब बढी पर्ने भएकोले विशेष ख्याल राख्नुपर्ने हुन्छ । औषधि सेवन गरिरहेका बिरामीहरुले एक्कासी औषधि सेवन रोक्दा हृदयघात, मस्तिष्कघात हुने सम्भावना बढ्छ ।
एउटै मोटो कपडा लगाउनु भन्दा तीन चारवटा कपडा लगाउनु सुरक्षित मानिन्छ । 
पोषणयुक्त खानेकुराको सेवन गरौं, जसले शरीरमा हुने विभिन्न संक्रमणहरुलाई जोगाउँछ ।

के नगर्ने ?

मदिरा तथा चुरोट सेवन नगर्ने । मदिरा तथा चुरोट सेवनले हृदयाघात तथा मस्तिष्कघातको जोखिम बढाउँछ ।
कुनै पनि नयाँ प्रकारको व्यायाम नगर्ने ।
विशेषगरी साँझको समयमा हावा चल्ने भएकोले श्वाप्रश्वासको समस्या पनि आउन सक्छ । त्यसकारण इभिनिङ वाक नगर्नु राम्रो ।
जाडोको समयमा बुढाबुढीलाई रुघाको जोखिमबाट जोगाउने ।
दमको रोगीहरुको मृत्यु जाडोको समयमा हृद्यघातको कारणले हुने गर्छ ।

Back to top