कैयौं व्यक्तिले भनिरहेका हुन्छन् समयसँगै उनीहरुको छालाको रंग पनि दबिँदै गइरहेको छ । तर तपाईंलाई थाहा छ ? यस्तो कालोपनको पछाडिको कारण के छ ? खासगरी हामीले जे खान्छौं त्यसको सिधा असर हाम्रो अनुहारमा हुन्छ । यस्तोमा केही खानेकुराहरु हामीले खान छोड्नुपर्ने हुन्छ ।
हामी सबैले स्न्याक्सको समयमा चिप्स खान मन पराउँछौं तर यस्ता स्वादिष्ट चिप्सहरु छालाका लागि हानिकारक हुन्छन् । चिप्समा नुनको मात्रा धेरै हुन्छ यसले छालामा सुन्निने प्रक्रिया बढाउँछ । जसले गर्दा छाला कालो हुन थाल्छ ।
चिनी खानु हाम्रो स्वास्थ्यसँगै छालाका लागि पनि खतरनाक हुन सक्छ । यसले तपाईंको अनुहारलाई प्राकृतिक रंगभन्दा कालो बनाउने काम गर्छ । चिनीको सेवनले तपाईंको शरीरमा चिनीको मात्रा बढ्छ जसले कोलेजनलाई नोक्सान पु¥याउँछ ।
त्यसो त मसालेदार खाना स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर यो छालाका लागि पनि उत्तिकै हानिकारक हुन्छ । यसले शरीरको तापमान बढ्न थाल्छ । जसले गर्दा रक्तकोषिकाहरु फैलिन थाल्छन् र तपाईं अनुहार कालो देखिन थाल्छ ।
कफी पिउन पनि धेरै मानिसलाई मन पर्छ । कफीमा क्याफिनको मात्रा हुन्छ जसले स्टे«सको मात्रा बढ्न थाल्छ र अनुहार कालो देखिन्छ ।
केही व्यक्तिले नास्तामा दैनिक रुपमा बे्रड खाने गर्छन् तर यो बे्रडले पनि छालाको रंगलाई कालो बनाउँछ । बे्रडको सेवन गर्दा तपाईंको शरीरमा इन्सुलिनको मात्रा बढ्छ जसले तपाईंको छालाबाट धेरै तैलीय पदार्थ निस्कन्छ र अनुहार कालो देखिन थाल्छ ।