बढ्दो उमेरसँगै छाला तन्किँदै जाने तथा खुकुलो हुन थाल्छ । तर केही व्यक्तिमा उमेरभन्दा पहिला नै यो समस्या देखिन थाल्छ । यसबाट बच्नका लागि विभिन्न प्रकारका उपायहरु गरिरहेका हुन्छन् ।
छाला कसिलो गर्नु एकदमै मुश्किल काम हो ।
यो समस्याबाट छुट्कारा पाउनका लागि केही घरेलु उपायहरु पनि अपनाउन सकिन्छ । केही दैनिक बानी व्यवहार तथा घरेलु उपाय अपनाएर तपाईं पनि आफ्नो छाला कसिलो र सुन्दर बनाउन सक्नुहुन्छ ।
हाइड्रेटेड रहने
यदी छाला खुकुलो भइसकेको छ भने यसको कारण शरीरमा पानीको कमी पनि हुन सक्छ । यसबाट बच्नका लागि नरिवल पानी, फलफूल, तरकारीहरुको मात्रालाई खानपिनमा बढाउनु होस् । साथमा पानी पनि प्रयाप्त मात्रामा पिउनुहोस् ।
अन्डा
अन्डा स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसका साथै छालाका लागि पनि यो एकदमै फाइदाजनक हुन्छ । अन्डाको सेतो भागलाई अनुहारमा लगाएर १५ देखि २० मिनेट राख्नुहोस् र सफा पानीले धुनुहोस् । यसले ड्यामेज छालाका कोषिकाहरुलाई रिपेयर गर्छ र छाला पनि कसिलो हुन्छ ।
एलोवेरा जेल
छालाको धेरै समस्याहरुको आर्युवेदिक उपचार विधिमा एलोवेरा पनि पर्दछ । रातमा सुत्नुअघि यसको प्रयोग गर्ने र बिहान उठेर अनुहार फेसवासले धुने गरेमा छाला चम्किलो तथा कसिलो हुँदै जान्छ ।
काँक्रा
यदी खुकुलो छालाको समस्याले सताएको छ भने काँक्रा पनि यसका लागि एकदमै उपयोगी हुन्छ । काँक्राको पेस्ट बनाएर यसलाई अनुहार तथा अन्य छालामा लगाउन सकिन्छ ।
यस्ता विभिन्न घरेलु उपायहरु दैनिक रुपमा प्रयोग गरेमा छाला कसिलो हुँदै जान्छ । साथमा अन्य छाला सम्बन्धी समस्याहरु पनि निको हुँदै जान्छ । यस्तो घरेलु उपायहरुले छालामा अन्य खराब असर पनि गर्दैन ।