×

सैफ अली खान आफ्नी श्रीमती करीना तथा बच्चासँग हरेक वर्ष दिपावली मनाउने गर्छन् । सैफ अली खानकी छोरी तथा अभिनेत्री सारा अली खान पनि धुमधामसँग दिपावली मनाउने गर्छिन् ।

अभिनेता आमिर खानले पनि हरेक वर्ष धुमधामसँग दिपावली पर्व मनाउने गरेका छन् । यो लिस्टमा सोहा अली खानको नाम पनि सामेल छ । उनले आफ्ना श्रीमान तथा परिवारसँग दिपावली मनाउँछिन् ।

हरेक वर्ष ईद जसरी नै भव्यतापूर्वक सलमान खानले पनि दिपावली मनाउँछन् । शाहरुख खानले हरेक वर्ष आफ्नो घरमा दिपावलीको पार्टी समेत आयोजना गर्ने गर्छन् । टेलिभिजनकी अभिनेत्री हिना खानले पनि दिपावली पर्व मनाउने गर्छिन् ।

Back to top