×

वीरगञ्ज । आइसिसी पुरुष विश्वकप २०२३ को पाँचौँ खेलमा आज घरेलु टोली भारतले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ ।

दुई उपाधि दाबेदारबिचको भिडन्त चेन्नईको एम चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

पाँच पटकको ओडिआई विश्वकप विजेता अस्ट्रेलिया र दुई पटकको च्याम्पियन भारत जितसहित प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनासहित मैदानमा उत्रने छन् । 

भारतका लागि शुभमन गिलको स्थानमा इशान किशनले कप्तान रोहित शर्मासँग ओपनिङ गर्न सक्ने छन् । शानदार लयमा रहेका गिल बिरामी भएपछि चिकित्सकको निगरानीमा छन् ।

ह्यामस्ट्रिङक चोट बोकेका मार्कस स्टोइनिसको उपलब्धताको बारेमा अस्ट्रेलियाले कुनै जानकारी गराएको छ । दुवै टोलीमा विश्व स्तरीय ब्याटर, बलर र अन्तराउन्डरको बर्चस्व भएकाले खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान छ ।

दुई देशबिच हालसम्म १ सय ४९ ओडिआई खेल खेलिएकोमा भारतले ५६ र अस्ट्रेलियाले ८३ खेल जितेको छ । विश्वकपमा दुई देश १२ पटक आमनेसामने हुँदा अस्ट्रेलियाले ८ खेल जित्दा भारत मात्र ४ खेलमा विजयी भएको छ ।

Back to top