×

वीरगञ्ज ।  बारामा बोल्न नसक्ने बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका – १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् ।

११ वर्षीया बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याएको थियो ।

लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Back to top