फाईल फोटो
वीरगञ्ज । वीरगञ्जमा सटरको भाडाँ तिर्न नसक्दा व्यापारी सम्पर्क विहीन हुने व्यापारीहरु बढदै गएका छन् । यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेको वीरगञ्ज महानगरले जनाएको छ ।
व्यापार व्यवसाय फस्टाउन नसक्दा बैङ्कको ऋण र घरधनीलाई भाडा तिर्न नसक्दा उनिहरु व्यवसायबाट पलायान भएको र सम्पर्क विहिन बनेको बताइको छ । आर्थिक मन्दीका कारण वीरगञ्ज महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ ।
वीरगञ्ज महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिएका छन् । कतिपय व्यवसायी सम्पर्कमा भए पनि भाडा उठाउने विषयमा असहमति हुँदा पनि घर वा सटर खाली गराउन निवेदन पर्ने गरेको पाइएको छ । बन्दाबन्दी सहज भएपछि व्यापार विस्तारै लयमा फर्किदै थियो, तर देशमा आर्थिक मन्दी शुरु भएसँगै व्यवसायले थप समस्या भोग्नु परेको छ ।