×

अस्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ ।

पाँच खेलको शृङ्खला दक्षिण अफ्रिकाले ३–२ ले जितेको हो । सुरुका दुई खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिकाले त्यसपछिका तीन खेल जितेर शृङ्खला नै कब्जा गरेको हो ।

जोहानेसबर्गमा भएको निर्णायक खेलमा घरेलु टोलीले पाहुना टोली अष्ट्रेलियालाई एक सय २२ रनको फराकिलो अन्तरले हरायो ।

अन्तिम खेलमा दक्षिण अफ्रिकाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो । जितका लागि ३ सय १६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १ सय ९३ रनमा अलआउट भयो ।

Back to top