अभिनेत्री नयनतारा अहिले शाहरुख खानसँगको फिल्म ‘जवान’ लाई लिएर चर्चामा छन् । तर एउटा यस्तो समय थियो जब नयनताराको प्रेम सम्बन्धी चर्चा चुलिएको थियो ।
नयनताराको अफेयर चर्चित कलाकार प्रभुदेवासँग थियो । त्यतिबेला उनीहरुको अफेयरको विषयलाई लिएर एकदमै धेरै विवाद पनि भएको थियो । किनकी नयनताराको अफेयर सुरु हुँदा प्रभुदेवा भने विवाहित थिए ।
यति मात्र नभएर अभिनेता तीनवटा बच्चाको पिता पनि थिए । प्रभुदेवा र नयनताराको अफेयरको खबर जब उनकी श्रीमतीलाई थाहा भयो, त्यसपछि उनले तहल्का मच्चाइन ।
नयनताराले प्रभुदेवाकी श्रीमतीलाई मनाउनका लागि करोडौं रुपैयाँ पर्ने उपहारसम्म दिएकी थिइन् । खबरअनुसार प्रभुदेवाको नयनताराकै कारणले सन् २०११ मा सम्बन्धविच्छेद भइसकेको थियो ।
त्यसपछि नयनतारा र प्रभुदेवा पनि अलग भए । अब नयनताराले फिल्ममेकर विग्नेश सीवनसँग आफ्नो जीवन खुशीयालीपूर्वक बिताइरहेकी छन् ।