वीरगञ्ज । पर्सामा जनमत पार्टीले सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जस अन्तर्गत पर्साको क्षेत्र नम्बर ४ को क्षेत्रीय भेला सम्पन्न भएको छ ।
जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन चौहानको अध्यक्षता तथा राष्ट्रिय परिषद् सदस्य डा. अजय यादवको प्रमुख आतिथ्यमा भेलालाई सम्बोधन गर्दै जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सरार्फले अब नेपाली जनताको आशा र भरोसाको एक मात्र पार्टी जनमत पार्टी भएको बताए ।
उनले सुशासन, विकासका साथै, विभेदरहित समाज निर्माण तथा भ्रष्टाचार, बेथितिबाट मुक्तिको लागी जनमत पार्टीमा गोलबन्द आग्रह पनि गरे ।
जनमत पार्टीका राजनीतिक समिति सदस्य सिपु तिवारीले पार्टी अध्यक्ष डाक्टर सिके राउत त्यागी र दूरदर्शी नेता भएको बताए ।
भेलामा केन्द्रीय सदस्यहरू नजमा खातुन, अनिता रौनियार, स्थानीय नेताहरू सन्तोष साह, अमरनाथ सिंह राठौर, युवा अध्यक्ष राजुराज गिरि,अमिरका राउत, दिपक यादव, दिलीप यादव, राहुल सरार्फ लगायतले पनि सम्बोधन गरेका थिए । भेलामा दुई दर्जन स्थानीय अगुवाहरू जनमत पार्टीमा प्रवेश गरेको पर्साका संयोजक सर्राफले जानकारी दिए ।
यसै गरी शनिवार नै जनमत पार्टीले वीरगञ्ज महानगरपालिका – २४ रामगढवामा विजेन्द्र यादवको अध्यक्षतामा समिति गठन गरेको छ । वडा सुदृढीकरण अभियानअन्तर्गत पर्साको सबै वडामा वडा कमिटी गठनको अभियान तीव्र गतिमा जारी रहेको पर्सा जिल्ला सह- इन्चार्ज मुकेश द्विवेदीले बताए ।