वीरगञ्ज । वीरगञ्जपछि भैरहवामा पनि एयर कन्डीसनर (एसी) कम्पनि ब्लू स्टारले प्राविधिक भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
भारतको प्रतिष्ठित एसी निर्माण ब्लू स्टारले “टेक कनेक्ट” अर्थात प्राविधिक जनशक्तिसँग भेटघाट र छलफल नाम दिएको कार्यक्रम भैरहवामा पनि सम्पन्न भएको हो ।
कार्यक्रममा ब्लू स्टारले उत्पादन गर्ने प्रडक्टहरुको बारेमा जानकारी दिनुका साथै उपस्थित प्राविधिक जनशक्तिलाई अन्य कम्पनिका प्रडक्टसमेतको सर्भिसीङ्, सुरक्षा, रिपेयररिङ् लगायतका शीपमूलक जानकारी गराइएको छ ।
नेपालका लागि ब्लू स्टारका आधिकारिक विक्रेता एयरकोन नेपाल इन्करोप्रेटेडले भैरहवास्थित होटल निर्भानामा आयोजना गरेको कार्यक्रममा प्राविधिक मेकानिक र व्यवसायीहरुलाई ब्लू स्टार एसीको विशेषता, बजारमा उपलब्ध अन्य ब्राण्डसँगको भिन्नता, सर्भिस, वारेन्टी लगायतका बारेमा पनि जानकारी गराइएको एयरकोन नेपाल इन्करोप्रेटेडका जेनरल म्यानेजर राज आलमले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका एयरकोन नेपाल इन्करोप्रेटेडका प्रवन्ध निर्देशक (एमडी) अमिनले ब्लू स्टार भारतमा स्थापित ८० वर्ष पूरानो कम्पनि भएको बताउँदै यसका उत्पादन अन्य अन्य ब्राण्डको तुलनामा भरपर्दो र टिकाउ भएको बताए । उनले भने, ‘अन्य ब्राण्डका एसीमा विशेषता लेखिएको केही हुन्छ तर प्रयोगमा ल्याउँदा त्यसको ठिक विपरित तरिकाले काम गरिरहेको हुन्छ । यद्यपि ब्लू स्टारले जे वाचा गर्छ त्यहीँ प्रडक्ट ग्राहकलाई दिन्छ पनि ।’
भारतमा ८० वर्षदेखि रुचाइएको ब्लू स्टारलाई नेपाली प्रयोगकर्ताले पनि मन पराएको दावी गर्दै उनले भने, ‘एसी आजको आवश्यकता भएको छ । प्रचण्ड गर्मिमा एसी नभए बाच्ने गाह्रो हुन्छ । तर एसी लगाएर पनि गर्मी कम नभए उपभोक्ताको पैसा बर्बाद हुन्छ । त्यसैले पनि ब्लू स्टार कम्पनिको एसी लगाउन मेरो सुझाव छ । यसले अन्य ब्राण्डको तुलनामा कोठालाई छिटो चिसो मात्र बनाउँदैन । बिजुलीको खपत पनि कम गर्छ ।’
ब्लू स्टारले घरायसी एसीमा इन्भर्टर र नन इन्भर्टर एसी, क्यासेट्स एसीसँगसँगै कमर्सियल एसी, सेन्ट्रल एसी, औद्योगिक एसी पनि उत्पादन गर्ने अमिनले जानकारी दिए । त्यसका साथै एयरकोन नेपाल इन्करोप्रेटेडले कोल्ड रुप (स्टोर) निर्माण र जडानको काम पनि गर्ने उनले बताए ।
अमिनले आगामी दिनमा टेक कनेक्ट कार्यक्रमलाई देशका अन्य स्थानमा पनि गर्ने आफ्नो योजना रहेको सुनाए । उनले केहि दिन भित्रै देशका प्रमुख शहर काठमाडौँ, विराटनगर, नेपालगञ्ज र चितवनमा पनि टेक कनेक्ट कार्यक्रम गर्ने बताए ।
भैरहवामा ब्लू स्टार एसीको आधिकारिक विक्रेता लुम्बिनी आइटी ट्रेड रहेको छ भने एयरकोन नेपाल इन्करोप्रेटेडको काठमाडौँस्थित सोल्टीमोडमा पनि कर्पोरेट कार्यालय छ ।