×

वीरगञ्ज । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार नेपालमा १४१ वटा जातजाति रहेका छन् । नेपालमा बोलिने मातृभाषा १२४ रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालमा एक करोड ३० लाख चार हजार ४५७ जनाको मातृभाषा नेपाली रहेको छ । जुन कूल जनसंख्याको ४४.८६ प्रतिशत हो । 

नेपालीपछि सबैभन्दा धेरै बोलिने मातृभाषा मैथिली हो । नेपालमा मैथिली भाषा बोल्नेको संख्या ३२ लाख २२ हजार ३९ रहेको छ । जुन कूल जनसंख्याको ११.०५ प्रतिशत हो । 

कार्यालयको विवरणअनुसार नेपालमा तेस्रो सबैभन्दा धेरै बोलिने मातृभाषा भाषा हो । नेपालमा भोजपुरी बोल्नेको संख्या १८ लाख २० हजार ७९५ रहेको छ । जुल कूल जनसंख्याको ६.२४ प्रतिशत हुनपुग्छ । त्यस्तै देशको ५.८८ प्रतिशत जनसंख्याले थारू र ४.८८ प्रतिशत जनसंख्याले तामाङ भाषालाई मातृभाषाका रुपमा बोल्छन् । 

जनगणनाअनुसार जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या, मातृभाषा संख्या र धर्म संख्या कायम भएको कार्यालयले जनाएको छ ।

कार्यालयले गत चैत १० गते १२ औं जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।

null

Back to top