×

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच बिहिबार (आज) भेटवार्ता भएको छ ।

भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्रीबीच अहिले दुइदेशको आपसी हितका बिषयमा कुराकानी भइरहेको छ । प्रधानमन्त्री दाहाल ४ दिने भ्रमणका लागि बुधबार भारत गएका हुन् । 

दुईदेशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि पत्रकार सम्मेलन गरेर समबोधन गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुनु अघि प्रधानमन्त्री दाहाल आजै बिहान महात्मा गान्धीको समाधीस्थलमा पुगेका थिए । महात्मा गान्धीको समाधीस्थलमा पुगेर प्रधानमन्त्री दाहालले पुष्पहार अर्पण गरेका थिए । 

आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्तरुपमा आयोजना गरेको नेपाल-भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यसैगरी भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले आज नै भेटघाट गर्ने कार्यक्रम छ ।

Back to top