×

साङ्केतिक तस्विर ।

वीरगञ्ज  । नेपाली बजारमा बिहीबार सुनको भाउ फेरि नयाँ उँचाइमा पुगेकाे छ । बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

बिहीबारको सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो । यसअघि बुधबार सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । 

बिहीबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको थियो । बुधबार पनि तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो । 

Back to top