×

वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६ औँ संस्करणको फाइनल खेलमा आइतबार साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स भिड्दैछन् ।

खेल गुजरातको अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए । तर, पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुग्यो ।

गुजरातले शुक्रवार भएको दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो । गत वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो ।

चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशौँ पटक हो ।

Back to top