×

वीरगञ्ज । नेकपा एमालेले अवरोध गरेपछि संसद् बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगन भएको जानकारी दिए ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ न्यौपानले माफि नमागेसम्म संसद् चल्न नदिने भन्दै एमालेले संसद् बैठकमा विरोध जनाएको हो ।

जेठ १० गतेको संसद्मा न्यौपानेले पशुपतिनाथको मन्दिरमा सुनको जलप लगाउन पर्नेमा पित्तलको लगाएर भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै दिएको अभिव्यक्तिप्रति एमालेले संसद्मा बेल घेरेर नाराबाजी गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै त्यसबारे टुंगोमा नपुगेसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ ।

Back to top