साङ्केतिक तस्विर ।
वीरगञ्ज । सप्तरीमा एकजना व्यक्तिको शव फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका-४ गंगापुर टोलदेखि पश्चिम खेतमा एक व्यक्ति मृत्य फेला परेका हुन् ।
मृत व्यक्ति भक्तपुरको सुडाल-५ का ४७ वर्षीय बलराम पाण्डे रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण अस्पताल राजविराज ल्याएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।