वीरगञ्ज । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको आज (बिहीबार) भोटो देखाउने पर्व (भोटो जात्रा) मनाइँदैछ । भोटो जात्रालाई करिब ८०० वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।
जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेल पुग्नेछन् । यस अवसरमा सरकारले बिहीबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।