×

वीरगञ्ज । यसै वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा नेपाल टेस्ट राष्ट्रहरु वेस्टइन्डिज र जिम्बाबे रहेकै समूहम परेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले मंगलबार गरेको ड्रअनुसार नेपाल समूह एमा परेको छ । यो समूहमा वेस्टइन्डिज र जिम्बाबेसँगै एसोसिएट् राष्ट्रहरु नेदरल्यान्ड्स र अमेरिका पनि छन् ।

वेस्टइन्डिज, जिम्बाबे र नेदरल्यानड्स एकदिवसीय विश्वकप सुपरलिगको पुछारमा हरँदै ग्लोबल छनोटका लागि आएका हुन् भने नेपाल विश्वकप लिग–२ शीर्ष ३मा रहँदै ग्लोबल छनोटमा पुगेको हो । यता, अमेरिका बने प्लेअफ मार्फत जिम्बाबे पुगेको हो ।

१० टिम सहभागी प्रतियोगिताको समूह बीमा श्रीलकां, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन् ।

दुवै समूहका शीर्ष ३ स्थानमा रहने टिम सुपर सिक्समा पुग्ने छन्। लिगका आधारमा हुने सुपार सिक्सबाट शीर्ष दुई टिमले भारतमा हुने विश्वकपमा स्थापन बनाउने छन् ।

विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार मात्र २२ सदस्यीय प्रारम्भिक टिम छनोट गरेको छ । घरेलु मैदानमा एक साता प्रशिक्षण गरेपछि मुख्य प्रशिक्षक मोन्टी देसाईले १५ सदस्यीय टिम घोषणा गर्नेछन् ।

त्यसपछि नेपाली टिम विश्वकप छनोटका तयारीका लागि दक्षिण अफ्रिका जाने छन। त्यहाँ २ साता प्रशिक्षण गरेपछि उतैबाट नेपाली टिम विश्वकप छनोटका लागि जिम्बाबे जाने छ ।

Back to top