×

भारतको पश्चिम बङ्गालमा प्रतिबन्धमा परेको फिल्म ‘केरल स्टोरी’ बेलायतमा पनि सेन्सर फेल भएको छ । 

ब्रिटिश बोर्ड अफ क्लालिफिकेसनले यो फिल्मलाई सार्वजनिक प्रदर्शनीको अनुमति दिन नसकिने जनाएपछि यो फिल्म बेलायतमा रिलिज नहुने भएको छ ।

बेलायतमा यो फिल्म गत शुक्रबार रिलिज गर्ने गरी टिकक बुकिङ पनि खुल्ला गरिएको थियो । अहिले त्यहाँको वर्गीकरण गर्ने निकायले फिल्म कुन उमेर समूहका लागि देखाउन दिने भन्ने निर्णय गर्न नसकेकाले केरल स्टोरी’ तत्कालका लागि बेलायतमा नचल्ने भएको हो । 

यो फिल्म बेलायतका ३१ वटा हलमा प्रदर्शन हुने तयारीमा थियो । वेबसाइटमार्फत फिल्मको टिकटपनि बिक्री भइसकेको थियो । तर अन्तिममा वर्गीकरण नपाएपछि सिनेमा हलले टिकटको पैसा फिर्ता गरिरहेका छन् । 

मुस्लिम समुदायलाई जानाजान गलत देखाएको भन्दै भारतमा यो फिल्मको सुरुदेखि नै विरोध भइरहेको थियो । फिल्मको प्रदर्शनमाथि रोक लगाउनु पर्ने मागसहित सर्वोच्च अदालतमा उजुरी पनि परेको थियो । तर सर्वोच्चले फिल्म रोक्नुपर्ने कुनै कारण नरहेको बताएको थियो । 

सुदीप्तो सेन निर्देशित यो फिल्मले केरलामा विद्यमान लव जेहादको विषयलाई प्रस्तुत गरेको छ । सँगै फिल्मले कसरीे केरलाका युवतीलाई धर्म परिवर्तन गराएर आतंकवादी काम संलग्न गराउने गरेको कथा पनि प्रस्तुत गर्छ । विवादका बीच फिल्मले भारतमा पहिलो हप्ता नै सय करोड ज्यादा व्यापार गरेको छ ।

Back to top