×

वीरगञ्ज । वीरगञ्जमा सात दिने शिव महापूराण कथाको आयोजना हुँदैछ ।

सुनिलकुमार खेतान एवम् खेतान परिवारको आयोजनामा यहीँ जेठ ३ गतेदेखि ९ गतेसम्म वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सात दिने शिव महापूराण कथाको आयोजना गर्न लागिएको हो ।

प्रत्येक दिन अपराहन्न २ बजेदेखि साँझ ५ बजेसम्म चल्ने महापूराणमा विश्व विख्यात कथा व्यास पण्डित प्रदीप मिश्र (सिहोरवाले) र सानिध्य महामनिषी निरञ्जन महाराजले कथा पाठ गर्ने आयोजकले जनाएका छन् ।

हरिद्वारस्थित पुरुषार्थ आश्रम सेवा ट्रस्टको तत्वधानमा हुने कथाको प्रसिद्ध भारतीय सांस्कृतिक च्यानल आस्था च्यानल र वीरगञ्जबाट प्रशारित प्लस वान टेलिभिजनबाट प्रत्यक्ष प्रशासनसमेत हुने जनाइएको छ ।

Back to top