×

तस्विर सौजन्य : नेशनल इन्फोटेक कलेज ।

वीरगञ्ज, ८ चैत । वीरगञ्जस्थित नेशनल इन्फोटेक (एनआई) कलेजका ८ जना विद्यार्थीले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् । 

एनआई कलेजबाट प्लस टू उतिर्ण गरेका विद्यार्थीहरुले एमबीबीएसका लागि विभिन्न स्थानमा भएको प्रवेश परिक्षामा उत्कृष्ट नतिजा ल्याउँदै पूर्ण छात्रवृत्ति प्राप्त गरेका हुन् । 

चिकित्सा शिक्षा आयोगले चैत १ गते प्रकाशन गरेको एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजा अनुसार एनआई कलेजमै पढेका आयुष बरनवाल, मान्सी कुमारी झा, वृजेशकुमार मेहता, प्रदीपकुमार चौहान, उज्ज्वल सिंह र सइस्ता प्रवीन पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।

कलेजका प्रिन्सीपल तथा कार्यकारी निर्देशक मनिष सिंहका अनुसार आयोगले फागुन २४ गते लिएको एकीकृत प्रवेश (एमईसीईई–बीएल २०२३) अन्तर्गतको एमबीबीएस शैक्षिक कार्यक्रमका लागि भएको परिक्षामा आयुष वर्णवालले सबैभन्दा उत्कृष्ट नतिजा ल्याएका छन् । परिक्षामा सहभागी १७ हजार जना विद्यार्थी मध्ये वर्णवालले २७ र्‍याङ्क ल्याएको सिंहले जानकारी दिए ।

त्यसैगरी मान्सीकुमार झाले ५७ औँ,  वृजेशकुमार महेताले ११८ औँ, प्रदीपकुमार चौहानले १६५ औँ  र उज्ज्वल सिंहले २४३ र्‍याङ्क ल्याएका छन् । त्यस्तै मुस्लिम कोटाबाट सइस्ता प्रविनले तेस्रो र्‍याङ्क ल्याएको सिंहले बताए । १७ हजार विद्यार्थीले सहभागिता जनाएको परिक्षामा केवल ६ हजार ६ सय ६९ जना मात्र उत्तीर्ण भएका छन् ।

त्यसैगरी अर्का विद्यार्थी सुबरा बाबु कौशिकले भारतीय दूतावासको एसएफएस स्किमअन्तर्गत पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न नाम निकालेका छन् । कौशिकले भारतको छत्तिसगढस्थित आरएसडीकेएसमा अध्ययन गर्नेछन् । यस्तै अर्का विद्यार्थी एहेतसाम आमिर अन्सारीले बङ्गलादेश दूतावासले प्रदान गर्ने छात्रवृत्तिमार्फत एमबीबीएस अध्ययन गर्नका लागि नाम निकालेका छन् । अन्सारी बङ्गलादेशको राजधानी ढाकास्थित सर सैलुमुल्लाह मेडिकल कलेजमा अध्ययन गर्न जाने छन् । 

छात्रवृत्ति प्राप्त गरेका सम्पूर्ण विद्यार्थीलाई कलेजले बधाई दिँदै आगामी दिनका लागि सफलताको शुभकामना पनि दिएको छ ।

यसैविच नेशनल इन्फोटेक कलेजले कक्षा ११ मा विद्यार्थी भर्नाको तयारी सुरु गरेको छ । एसइइको नतिजा संघारमा आउँदै गर्दा विद्यालयलले विज्ञान संकायमा भर्नाको तयारी थालिएको एनआई कलेजकी लेक्चरर काजल सिंहले बताइन् । आफ्नो स्थापना कालदेखिनै गुणस्तरीय शिक्षा प्रदान गर्दै नेशनल इन्फोटेकले मधेश प्रदेशमै आफ्नो एउटा छुट्टै नाम बनाउन सफल भएको छ । विद्यालयबाट प्रत्येक वर्ष एक दर्जनभन्दा पनि बढी विद्यार्थीले एमबीबीएस, इन्जिनियरिङ, फार्मेसी, नर्सिङलगायत अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्दै आएका छन् । कलेजले जहेन्दार र महिनेती तथा अन्य क्रियाकलापमा समेत उत्कृष्ट विद्यार्थीलाई अध्ययन गर्न पनि छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

Back to top