×

फाइल तस्विर ।

वीरगञ्ज, ८ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ ।

बैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । बैठक वालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

मुख्यतः बारा निर्वाचन क्षेत्र नम्बर २ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारीको तयारी गरेका हुन् ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । सो बारेमा पनि छलफल हुने बताईएको छ ।

Back to top