×

वीरगञ्ज, ७ चैत । आइसीसीई विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका नेपाली क्रिकेट टिमका खेलाडीद्वय आरिफ शेख र आसिप शेखलाई राष्ट्रिय मुस्लिम आयोगले सम्मानित गरेको छ ।

मंगलबार काठमाडौँमा आयोजित मुस्लिम आयोगको चौथो वार्षिकोत्सव समारोहमा वीरगञ्ज घर भइ राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आशिफ र आरिफलाई सम्मानित गरिएको हो । 

समारोहमा कार्यक्रमका प्रमुख अतिथी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र आयोगका अध्यक्ष समिम मियाँले दुवै खेलाडीलाई दोशल्ला ओढाउनुका साथै कदरपत्र प्रदान गरि सम्मानित गरेका हुन् ।

यसअघि विश्वकपमा क्वालिफायर भएपछि पहिलो पटक गत आइतबार गृहनगर वीरगञ्जमा आइ पुगेका आरिफ र आसिफलाई वीरगञ्ज महानगरपालिकाले पनि भव्य स्वागत गर्दै सम्मानित पनि गरेको थियो ।

नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन विशेष भूमीका निर्वाह गरेका दुवै खेलाडीलाई वीरगञ्ज महानगरले यहि चैत १७ गते वीरगञ्जमा भव्य समारोह गरेर नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरिसकेको छ । उक्त समारोहमै यसअघि वीरगञ्ज महानगरले घोषणा गरेअनुसार दुवै खेलाडीलाई एक एक थान यमहा एफ जेड एफ आइ मोटरसाइकल पनि प्रदान पनि गरि महानगरले जनाएको छ ।

Back to top