×

वीरगञ्ज, ४ चैत । लायन्स क्लब इन्टरनेशनलको वर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा देवकी नन्दन (डीएन) अग्रवालले उम्मेदवारी दिएका छन्। 

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरसमेत रहेका अग्रवालले लायन वर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदको उम्मेदवारी दिन मनोनयन दर्ता गराएका हुन् ।

अग्रवालले आगामी चैत्र २५ गते हुने लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको प्रथम डिष्ट्रिक्ट कन्भेन्सनका लागि डिष्ट्रिक्ट गभर्नर पदमा शुक्रबार वीरगञ्जमा आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको मनोनयन समितिका अध्यक्ष एवम् लायन्स क्लब इन्टरनेशनलका पूवर मल्टिपल काउन्सिल चेयरपर्सन रमेश अग्रवालको उपस्थितिमा आफ्नो मनोनयन दर्ता गराएका छन् ।

अग्रवालसँगै प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा हेटौंडाबाट तासी डोल्मा तुम्बाहाम्फे र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा काठमाडौंबाट बिनय बस्नेतले पनि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन अमर बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको मनोनयन कार्यक्रममा लायन वर्ष २०२३/२४ कालागि उम्मेदवारी दर्ता गराउनु भएका उम्मेदवारहरुलाई अतिथि बक्ताहरुले टिका र माला लगाई सफलताको शुभकामना दिएका थिए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस अन्तर्गतको एरिया ३ का प्रमुख रिकेश साहको अध्यक्षतामा भएको मनोनयन कार्यक्रमको सहजिकरण लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी रिजन चेयरपर्सन आशमा सिंह यादव र डिष्ट्रिक्ट डेपुटी चिफ विजया ओझैयाले गरेका थिए ।

कार्यक्रममा लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नरद्वय आरपी खेतान, शम्भु नकर्मी, डिष्ट्रिक्ट ३२५ एसका क्याबिनेट सेक्रेटरी, एक्जुकेटिभ चिफ, डिष्ट्रिक्ट चिफ, डिष्ट्रिक्ट डेपुटि चिफ, एरिया चिफ, एओजी, रिजन चेयरपर्सन, जोन चेयरपर्सन, क्लबका प्रेसिडेन्ट, सेक्रेटरी, ट्रेजर, लियो क्लबका पदाधिकारी लगायत लायन्स क्लबका अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Back to top