×

वीरगञ्ज, ३० फागुन ।  वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष अनिल कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलवार सम्पन्न पदाधिकारी निर्वाचनमा सर्वसम्मत रुपमा अग्रवाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद गौतम, द्वितीय उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशीष कुमार लाठ, कोषाध्यक्षमा शिबजी प्रसाद साह, सचिवमा सुशान्त चाचान र प्रेमचन्द्र गोयल, सह कोषाध्यक्षमा अनोज रुंगटा, सहसचिवमा निरज अग्रवाल र नरेश कुमार टिबडेवाल निर्विरोध निर्वाचित भएका हुन् । 

संघको विद्यानबमोजिम १२ जना पदाधिकारी रहने व्यवस्था थियो । निवर्तमान अध्यक्ष स्वतः पदाधिकारीमा आउने पनि विद्यानमा व्यवस्था छ । त्यस्तै तृतीय उपाध्यक्ष अर्थात रोजगारदाता समितिको संयोजकको मनोनयन नयाँ कार्यसमितिको पहिलो बैठकले गर्ने व्यवस्था भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए । 
 

Back to top