×

वीरगञ्ज, २२ माघ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल सर्वसम्मत निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उम्मेदवारी नदिएपछि अर्याल सर्वसम्मत भएकी हुन् ।

अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रियसभा सदस्य बनेकी हुन् । २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय थिइन् ।

उनी २०६३ मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन् । अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उमेदवार बनेकी थिइन् । 

पर्सा जिल्ला निवासी अर्याल अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुन् ।

Back to top