×

वीरगञ्ज, २२ माघ ।  मोडल तथा कलाकार युवराज केशरी फिचर्ड म्युजिक भिडियो ‘लै बरी लै’ को टिजर रिलिज भएको छ ।  गायक तथा संगीतकार विकास पाण्डेको शब्द तथा संगीतमा रहेको ‘लै बरी लै’ लाई गायक कमल के क्षेत्रीले आवाज दिएका छन् ।

क्षेत्रीले दर्जनभन्दा बढी गीतमा आवाज भरीसकेका छन् । अभिषेक भुजेलले एरेञ्ज गरेको गीतको म्युजिक भिडियो प्रणय दिवसलाई मध्यनजर गर्दै माघ २६ गते सार्वजनिक गर्ने तयारी रहेको म्युजिक भिडियोका निर्माता एवम् सञ्चारकर्मी प्रदिप गौतमले जानकारी दिए ।गौतमका अनुसार गायक कमल के क्षेत्रीकै अफिसियल युटुब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिनेछ ।

म्युजिक भिडियोमा मोडल युवराजसँगै सबिना राउतले पनि अभिनय गरेकी छिन् । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको पर्यटकीय स्थल अमलेखगञ्जस्थित चकरीमा छायांकन गरिएको म्युजिक भिडियोको कथा सावन शर्माले लेखेका हुन् । म्युजिक भिडियोको  निर्देशन पनि शर्माले नै गरेका छन् । बि.एस. मेकर स्टुडियो सिमराले तयार गरेको म्युजिक भिडियोको छायांकन विकास गुरुङले गरेका छन् । 

म्युजिक भिडियोको एसिसटेन्ट क्यामेरामेनमा स्यामुल फेथ, व्यवस्थापकमा विजय ठाकुर, श्रृंगारमा बियान्सा ठकुरी, पुर्णिमा चौधरी रहेका छन् । ३४ सेकेण्डको टिजरअनुसार युवराजलाई साधारण अवतारमा देख्न सकिने अनुमान लगाउन सकिन्छ ।

उनी स्थानीय युवतीसँग प्रेममा रहेको दृश्यसँगै सारङ्गी बजाएर गीत गाउँदै गर्दाको अवस्थामा उनलाई एक समूहले लात्तीले हिर्काएको पनि टिजरमा देखिन्छ । यसले गर्दा सायद उनले मन पराउने युवतीका आफन्तले कुटेको हो की भन्ने अनुमान गरिएपनि वास्तवीकता थाहा पाउन भने म्युजिक भिडियो सार्वजनिक हुने दिन माघ २६ लाई प्रतिक्षा गर्नुपर्ने हुन्छ । 


 

Back to top