×

फाइल तस्विर ।

वीरगञ्ज, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आगामी चुनावबाट सिधै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले अहिले सरकारबाट बाहिरिँदा केही आक्रोश पनि भएको भन्दै तर त्यत्तिधेरै दुख नलागेको बताए।

सरकारबाट बाहिरिने निर्णय गरेपछि पत्रकार सम्मेलनमा बोल्दै रविले अब राष्ट्रिय स्वतन्त्र पार्टी अझ मजवुत भएर अघि बढ्ने पनि बताए ।

उनले हरेक जनताबाट ‘एक हजार’ रुपैया उठाएर पार्टी चलाउने भन्दै कसैको पैसा नलिने घोषणा पनि गरे ।

‘हरेक जनतासँग पैसा लिन्छौं र सदस्या दिन्छौं । नसक्नेले नदिए हुन्छ । तर आउनुस् यही पार्टीमा लागौं । र अझ अघि बढौं’ उनले भने ‘हामीले जनताकै पैसाले पार्टी चलाउँछौं । कसैको जुठो खाएर पार्टी चलाउन्नौं । अर्को चुनावमा फेरि जित्छौं । त्यसपछि उपप्रधान तथा गृह होइन, प्रधानमन्त्री नै भएर देश चलाउने हो । म जेल परे पनि म । म मरे पनि । म बौलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढ्छ । पार्टी त्यसैगरी चल्छ ।’

Back to top