×

वीरगञ्ज, २१ माघ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन । 

बिपक्षी दलका नेताहरुलाई सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठकमा बोलाए पनि उसले आफनो पार्टीको तर्फवाट को उम्मेदवार दिने भन्ने जानकारी भने गराएन । 

पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार २३ माघमा हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि साझा उम्मेदवार बनाउने सहमति भएपनि नाम भने अझै चयन भएको छैन । यद्धपी, आजको बैठकमा प्रारम्भिक कुरा भएकाले भोली बस्ने बैठकवाट नाम टुंगाइनेछ ।

कांग्रेसले यसअघि नै पदाधिकारी बैठकवाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी लिने निर्णय गरिसकेको छ । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीवाट कोही पनि उम्मेदवार नहुने जानकारी गराई सकेका छन्  ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले भने सो बारेमा कुनै धारणा सार्वजनिक नगरे पनि कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने संकेत बैठकमा दिएको छ ।

Back to top