×

वीरगञ्ज, ११ माघ । इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले मंगलबार नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा गरेको आत्मदाहबारे छानबिन गर्न सरकारले समिति बनाएको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले आत्मदाहसम्म पुग्नुपर्ने कारणसहितको विवरण पत्ता लगाउने जिम्मेवारीसहित छानबिन समिति बनाउने निर्णय गरेको हो । एक मन्त्रीका अनुसार यो समिति उच्चस्तरीय रहनेछ ।

तर उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको थियो । उनले आत्मदाह गर्नुअघि करिब ६ हजार शब्द लामो फेसबुक स्टाटस लेख्दै देशको स्थिति र आफूले भोग्नुपरेको सास्तीका विषयबारे उठान गराउँदै विभिन्न बुँदाहरुमा सरकारलाई सुझाव दिएका थिए ।

आज बिहान गृहमन्त्री रवि लामिछाने कीर्तिपुर अस्पतालमा आचार्यका परिवारसँग भेट गर्दै प्रेमले उठाएका विषयमा सरकारले छानबिन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
 

Back to top