×

वीरगञ्ज, ११ माघ ।  उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले वीरगञ्ज महानगरपालिकालाई कारण देखाउ आदेश जारी गरेको छ । 

वीरगञ्जको माइस्थानस्थित गहवा माई मन्दिर क्षेत्रमा सवारी प्रवेश तथा पार्किङ्मा रोक लगाएपछि महानगरको विरुद्धमा रिट दायर गरेका रेवती प्रसाद साहको मुद्धामा इजलासले कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको छ । 

सो क्षेत्रमा बाटो बन्द गर्ने र सवारी प्रवेश रोक लगाउनुको कारण १५ दिन भित्र लिखित पेश गर्न न्याधिश सुदर्शनदेव भट्टको इजलासले वीरगञ्ज महानगरपालिकाको नाउँमा आदेश जारी गरेको हो । 

निवेदकले अन्तरिम आदेशको माग गरेको सम्बन्धमा दुबै पक्षलाई राखी हुने छलफलबाट निष्कर्षमा पुग्न उपयुक्त हुने देखिदा सो प्रयोजनको लागि माघ १७ गते मंगलबार पेशी तोक्न आदेश दिएको छ ।

रिट निवेदकको तर्फबाट अधिवक्ताद्वय सुधिर कुमार कर्ण र शैलेन्द्र कुमार चौरसियाले बहस गरेका थिए ।

Back to top