×

वीरगञ्ज, ११ माघ ।  वीरगञ्ज उद्योग वाणिज्य सङ्घ (वीउवासंघ) ले पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाई गरेको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साको १६ महिनाको कार्यकाल सकेर सरुवा भएका प्रजिअ ढकाललाई संघले बिदाई गरेको हो । बिदाई समारोहमा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले प्रजिअ ढकालको कार्यकालमा पर्सा जिल्लाको शान्ति सुरक्षा, प्रशासनिक एवम् सामाजिक सुधारका कार्यहरु प्रशंसनीय रहेको बताए । 

समग्र जिल्लालाई शान्ति सुरक्षा लगायत विकासका कार्यक्रमहरुमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष डा. गुप्ताले ढकालप्रति आभार व्यक्त गरे । 

पर्सामा सामाजिक कुरीति र विसंगति न्यूनीकरण गर्नमा खेलेको भूमिका पर्साबासीमा सधैं अविस्मरणीय रहने डा. गुप्ताको भनाइ छ । 

प्रजिअ ढकालले वीउवासङ्घद्वारा पर्सा जिल्लाको मात्र नभई नेपालकै आर्थिक विकासमा टेवा पुग्ने किसिमको भूमिका अत्यन्तै सह्रानीय रहेको बताए । वीउवासङ्घसँगको सामूहिक सहकार्य तथा सङ्घबाट पाएको सल्लाह, सुझाव, सहयोग एवम् समन्वयले कार्य सम्पादन सहज भएको ढकालले बतबाए । 

पर्साको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने प्रति सङ्घबाट नै भएको पहल र सल्लाह सुझावप्रति आपूm सदैव संवेदनशील रहेको उनको विचार थियो । 

कार्यक्रममा सहायक प्रजिअद्वय महेशराज तिमिल्सिना र भीमकान्त पौडेल, प्रहरी उपरीक्षक कोमल शाह, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार वैद्य, वीउवासङ्घ निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, कोषाध्यक्ष गोविन्द शाह, सङ्घका पदाधिकारी, का.स.स., उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । 
 

Back to top